सामुदायिक लघुवित्तको १५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सामुदायिक लघुवित्तको १५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बुधवार अन्तिम दिन रहेको छ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असार १४ गते बुकक्लोज गर्ने भएको छ । यसर्थ आज असार १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

लघुवित्तले असार २२ गते, शुक्रबार, धुलिखेल लज रिसोर्ट, धुलीखेल, काभ्रेपलाञ्चोकमा नवौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुनेछन् । कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।