बैंकिङ्ग समाचार, काठमाडौं ।
चीनका धनाढ्य अर्बपती एवम अलिबाबाका संस्थापक ज्याक मा नेपाल आएका छन् । उनी मंगलबार दिउँसो बंगलादेशबाट बोइङ बिमान ७३७ चार्टर मार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
उनीसँगै सात अन्य चिनियाँ नागरिक पनि चार्टर्ड जहाज मार्फत नेपाल आइपुगेका हुन् । ज्याक माकाे प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम रहेकाे छ ।
ज्याक मा सन् १९९९ मा स्थापना भएको इ-कमर्स कम्पनी अलिबाबाका सहसंस्थापक हुन् ।
प्रतिक्रिया