बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार महुली लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचीकृत भएको हो ।
दुई संस्थाको कूल ९ लाख १६ हजार २६५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । जसमध्ये महुली लघुवित्तको १४.२५ प्रतिशत अर्थात ४ लाख २ हजार ९१ कित्ता बोनस शेयर सूचीकृत भएको छ । त्यस्तै, समता घरेलु लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत अर्थात ५ लाख १४ हजार ११६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
दुबै लघुवित्तको नेप्सेमा सूचीकृत बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
प्रतिक्रिया