बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन पनि उच्च अंकको वृद्धि कायम रहेको छ । मंगलवार नेप्से ५६.९४ अंकले बढेर २ हजार १ सय ८६ दशमलब ३६ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमवार नेप्से ११.६९ अंकले बढेर २ हजार १ सय २९ दशमलब ४२ विन्दुमा बन्द भएको थियो ।
आज नेप्सेमा उच्च अंकको वृद्धि भएसँगै कारोबार रकम पनि सामान्य बढेको छ । आज ५ अर्ब ४७ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमवार ५ अर्ब ३१ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १८७ कम्पनीको शेयरमूल्य बढेको छ भने ३४ कम्पनीको शेयरमूल्य घटेको छ, ४ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
आज नेप्सेमा ४३ कम्पनीहरुको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । त्यस मध्येमा २५ कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य १९ कम्पनीहरुको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
आज सबैभन्दा बढी सिक्लेस हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको छ ।
यस्तै, नेप्सेका अनुसार आज सबैभन्दा बढी स्वाभलम्बन लघुवित्तको कारोबार भएको छ । यस कम्पनीको आज २५ करोड १२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया