बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंक लिमिटेडले ऋणीहरुलाई ब्याज छुटसहित कर्जा चुक्ता गर्न आउन आग्रह गरेको छ ।
बैंकले एक सूचना जारी गर्दै २०७० चैत मसान्तअगाडि नै खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा १ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्मका खराब कर्जा तथा अपलेखित कर्जा ऋणीहरुलाई ब्याज छुटसहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरेको हो ।
यो ब्याज छुट सुविधाको विशेष व्यवस्था यही असार मसान्तसम्म मात्र रहेको बैंकले स्पष्ट पारेको छ। यो अवसरको फाइदा लिई ऋणमुक्त हुन पनि बैंकले आग्रह गरेको छ ।
प्रतिक्रिया