बैंकिङ्ग समाचार, काठमाडौं ।
आरविवि मर्चेन्ट बैंकिङको सामूहिक लगानी कोष योजनाअन्तर्गत सञ्चालित हुने आरविवि म्युचुअल फन्ड–२ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।
यो योजनाका १० रुपैयाँ अंकित दरका कुल ८ करोड ४६ लाख ११ हजार ९२९ इकाई नेप्सेमा सूचीकृत भएको हो । यो योजनाका कुल १२ करोड इकाइ विक्री खुला गरिएकोमा वितरण गरिएको ८ करोड ४६ लाख ११ हजार ९२९ इकाई नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले यो योजनालाई ‘आरएमएफ २’ (RMF2) कारोबार संकेत प्रदान गरेको छ । यो योजनाका इकाइहरू भोलि मंगलवारबाट कारोबारमा आउनेछन् ।
प्रतिक्रिया