बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ) को अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन जेनेभा प्रस्थान गरेका छन् । सामाजिक सुरक्षा र सार्वजनिक वित्त व्यवस्थापनबीच समन्वय सुधार गर्न आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन सदस्य फुयाँल आइतबार विहान स्वीटजरल्याण्डको जेनेभा प्रस्थान गरेका हुन् ।
जुन १८ देखि २८ सम्म हुने सेमिनारमा नेपालका तर्फबाट सदस्य फुयाँलले सम्वोधन समेत गर्नेछन् । नेपालमा श्रमिक समस्या, रोजगारीको अवस्था लगायतका विषयमा डा. फुयाँलले सम्वोधन गर्ने कार्यसूची छ । सेमिनारमा सहभागी भएर फुँयाल जुलाई १ मा स्वदेश फर्कनेछन् ।
आईएलओ, युनिसेफ, ग्लोबल कोलिसन फर सोशल प्रोटेक्शन फ्लोर्स र युरोपेली युनियनले आयोजना गरेको अन्तर्राष्ट्रिय गोष्ठीले दिगो विकास र निर्माणका लागि नवीन अभ्यास र रणनीतिहरूबारे छलफल गर्ने छ । यस गोष्ठीमा एशिया, युरोप, अफ्रिका, अमेरिकाका विभिन्न देशका नीति निर्माताहरू, सामाजिक साझेदारहरू, नागरिक समाज र विकास साझेदारहरू सहभागी हुँदैछन् ।
प्रतिक्रिया