बैंकिङ्ग समाचार, काठमाडौं ।
स्रोत नखुलेको रकम सहित प्रहरीले काठमाडौंबाट दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
गोकर्णेश्वर नगरपालिका ३ सुन्ताखानबाट श्रोत नखुलेको नेपाली नगद ६ लाख रुपैयाँ र २ हजार चिनिया युआनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने चिनयाँ नागरिक ४६ वर्षीय झु झियानछियान र ४५ वर्षीय झु जिनफाङ्ग रहेका छन् ।
गोकर्णेश्वर सुन्ताखानस्थित भाडामा बस्दै आएका चिनियाँ नागरिकहरुले गैह्र कानूनी क्रियाकलाप गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त श्रोत नखुलेको रकमसहित फेला पारी पक्राउ गरेको हो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया