शेयर बजारको बढ्ने क्रम कायमः नेप्से ११.६९ अंकले बढ्दा कारोबार रकम सामान्य घटेर ५ अर्ब ३१ करोड

शेयर बजारको बढ्ने क्रम कायमः नेप्से ११.६९ अंकले बढ्दा कारोबार रकम सामान्य घटेर ५ अर्ब ३१ करोड


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन पनि दोहोरो अंकको वृद्धि कायम रहेको छ । सोमवार नेप्से ११.६९ अंकले बढेर २ हजार १ सय २९ दशमलब ४२ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात आइतवार नेप्से ६२.२१ अंकले बढेर २ हजार १ सय १७ दशमलब ७३ विन्दुमा बन्द भएको थियो ।

आज नेप्सेमा दोहोरो अंकको वृद्धि भएपनि कारोबार रकम भने सामान्य घटेको छ । आज ५ अर्ब ३१ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतवार ६ अर्ब ४९ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १२३ कम्पनीको शेयरमूल्य बढेको छ भने ९८ कम्पनीको शेयरमूल्य घटेको छ, ४ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

आज नेप्सेमा ८ कम्पनीहरुको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । १ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सात वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।  

आज सबैभन्दा बढी सुपर मादी हाइड्रोपावर लिमिटेड र विन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यि दुवै कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । 

यस्तै, नेप्सेका अनुसार आज सबैभन्दा बढी शिवम् सिमेन्टको कारोबार भएको छ । यस कम्पनीको आज ४२ करोड ५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।