बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले आशा लघुवित्त वित्तीय संस्थालाई राष्ट्र उत्थान वित्तीय संस्था प्राप्ती गर्नका लागि पूर्व स्वीकृति प्रदान गरेको छ । संस्थाहरुले चैत ३० गते धितोपत्र बोर्डमा पूर्व स्वीकृतिका लागि संयुक्तरुपमा निवेदन दिएको थियो ।
आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थानलाई प्राप्ति गर्ने राष्ट्र बैंकबाट पनि जेठ २३ गते प्राप्ति गर्न सैद्धान्तिक सहमति प्राप्त भएको थियो । आशा लघुवित्तले राष्ट्र उत्थानलाई प्राप्ति गर्ने सम्बन्धी दुई लघुवित्तबीच गत चैत २९ गते सम्झौता भएको थियो ।
दुबै संस्था विच बराबरी शेयर अनुपातमा गाभ्न सहमति भएको थियो । दुई संस्था गाभिएपछि बन्ने संस्थाको नाम राष्ट्र आशा लघुवित्त र प्रमुख कार्यकारी अधिकृत राष्ट्र उत्थान लघुवित्तबाट रहने छन् । मर्जरपछि संस्थाको केन्द्रिय कार्यालय राष्ट्र उत्थानको कार्यालय नै हुनेछ ।
प्रतिक्रिया