नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँड: ३ लाख ६१ हजार ९८९ जनाले पाए १० कित्ता शेयर, एक जनालाई ११ कित्ता

नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँड: ३ लाख ६१ हजार ९८९ जनाले पाए १० कित्ता शेयर, एक जनालाई ११ कित्ता


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल रिपब्लिक मिडिया लिमिटेडले जेठ २६ गतेदेखि ३० गतेसम्म सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ आज असार ११ गते (सोमबार) अलफ्ट होटल, ठमेलमा बाँडफाँड भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल रिपब्लिक मिडियाको आइपिओ बाँडफाँड गरेका छन् । उनले आइपिओ बाँडफाँड कार्यक्रममा उपस्थित भएर नम्बर पिक गरेका हुन् ।

कम्पनीको आईपीओमा १२ लाख ९९ हजार ७२७ जनाको आवेदन परेका छन् । त्यस मध्ये ६ हजार ९२० जनाको आवेदन रद्ध भएका छन् । त्यस अनुसार १२ लाख २७ हजार ५६९ जनाको योग्य आवेदन परेका हुन् । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट बाँडफाँड गरेको हो ।

त्यस अुनसार योग्य आवेदक मध्ये ३ लाख ६१ हजार ९८९ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । जसमध्येबाट पनि भाग्यमानी एकजनाले थप एक कित्ता अर्थात ११ कित्ता शेयर प्राप्त गरेका छन् ।