साबिक आदर्श लघुवित्तको करिब साढे २ लाख कित्ता शेयर प्राप्ति सम्पन्न भएपश्चात डिप्रोक्स लघुवित्तको नाममा सूचीकृत

साबिक आदर्श लघुवित्तको करिब साढे २ लाख कित्ता शेयर प्राप्ति सम्पन्न भएपश्चात डिप्रोक्स लघुवित्तको नाममा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतवार डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ । आदर्श लघुवित्तलाई १ः१ को अनुपातमा प्राप्ति गरेपछि कायम हुन आएको कुल २ लाख ४८ हजार ४ सय कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

धितोपत्र सूचीकरण विनियमावली अनुसार नेप्सेमा कारोबार गर्न मिल्ने गरी उक्त शेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत उक्त शेयर सम्बन्धीत शेयरधनीको नाममा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

यस्तै नेप्सेले आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकरण पनि खारेज गरेको जनाएको छ ।

\"\"