साताको पहिलो दिन उच्च अंकले बढेर नेप्से २१ सय बिन्दु माथि, साढे ६ अर्बको कारोबार

साताको पहिलो दिन उच्च अंकले बढेर नेप्से २१ सय बिन्दु माथि, साढे ६ अर्बको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन उच्च अंकको वृद्धि भई २१ सय बिन्दु भन्दा मथि पुगेको छ । आइतवार नेप्से ६२.२१ अंकले बढेर २ हजार १ सय १७ दशमलब ७३ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बिहिवार नेप्से ४.७५ अंकले बढेर २ हजार ५५ दशमलब ५३ विन्दुमा बन्द भएको थियो ।

आज नेप्सेमा उच्च अंकको वृद्धि भएसँगै कारोबार रकम पनि उच्च वृद्धि भएर साढे ६ अर्ब पुगेको छ । आज ६ अर्ब ४९ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिवार ३ अर्ब ४४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १८९ कम्पनीको शेयरमूल्य बढेको छ भने ३२ कम्पनीको शेयरमूल्य घटेको छ, ४ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

आज ४ कम्पनीहरुको शेयरमुल्यमा सर्वाधिक वृद्धि भएको छ । नेप्सेमा आज एलआइसी नेपाल कर्पोरेसन, हिमालयन लाइफ, एनएमबि ५० र सामलिङ्ग पावर कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य ८ कम्पनीहरुको शेयरमुल्य ९ प्रतिशत भन्दा बढिले वृद्धि भएको छ ।

आज शुभम् पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढिले घटेको छ । 

यस्तै, नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ४९ करोड ९० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।