दुई हाइड्रोपावरले आईपीओ निष्कासन गर्न सेबोनबाट पाए अनुमति, एकले प्रिमियममा जारी गर्ने

दुई हाइड्रोपावरले आईपीओ निष्कासन गर्न सेबोनबाट पाए अनुमति, एकले प्रिमियममा जारी गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनले आईपीओ निष्कासन गर्नका लागि दुई हाइड्रोपावर कम्पनीलाई अनुमति दिएको छ । सेबोनले मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । 

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले २८ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट असार ५ गते अुनमति पाएको हो । कम्पनीको विक्री प्रबन्धक बि.ओ.के क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

त्यस्तै भगवती हाइड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न सेबोनबाट असार ६ गते अनुमति पाएको हो । अनुमति पाएसँगै कम्पनीले अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता रू.११६ मा १४ लाख ३० हजार १६२ कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

यी दुवै कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि आईपीओ निष्कासन गर्नेछन् । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछन् ।