बैंकिङ्ग समाचार, काठमाडौं ।
नागरिक लगानी कोषले असार ३१ गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । कोषको असार ९ गते शनिवार बसेको सञ्चालक समिति बैठकले केन्द्रीय कार्यालय सीआईटी बिल्डिङ, नयाँ बानेश्वर, काठमाडौंमा अपराह्न ३ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । यस्तै, सभाले गत आर्थिक वर्षको मुनाफाबाट कोषले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी, सभाले सञ्चालक समितिमा अन्य बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट त्यस्ता संस्थाले तोके बमोजिम निर्वाचित वा मनोनीत गरेको एक सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
२८औं वार्षिक साधारणसभा प्रयोजनका लागि कोषले असार १९ गते एक दिन बुकक्लोज गर्ने भएको छ । बुकक्लोजको आधारमा असार १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र वितरण गर्ने लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।



About Us
प्रतिक्रिया