बैंकिङ्ग समाचार, काठमाडौं ।
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरेको छ । लघुवित्तको २०७९ चैत २८ गते सम्पन्न दशौं बार्षिक साधारणसभा बाट पारित भएको २० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
उक्त बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ मा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था समेत भइसकेको छ ।
कम्पनीले गत चैत १५ गते सम्म शेयर आभौतिकीकरण गराएका शेयरधनीहरुको बोनस शेयर हितग्राही खातामा जम्मा गरिदिएको र सो मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमश बोनस शेयर जम्मा हुने जानकारी दिएको छ ।
त्यस्तै हालसम्म पनि शेयर आभौतिकीकरण नगरेका शेयरधनीहरुले शेयर अभौतिकरण गराएपछि मात्रै बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न सक्नेछन् । शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।



About Us
प्रतिक्रिया