विजय लघुवित्तको ६ लाख ४० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

विजय लघुवित्तको ६ लाख ४० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
बिहीवार नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ६ लाख ४० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

कम्पनीले गत चैत २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।