बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन झिनो अंकले वृद्धि भएर बन्द भएको छ । बिहिवार नेप्से ४.७५ अंकले बढेर २ हजार ५५ दशमलब ५३ विन्दुमा बन्द भएको छ । बुधवार नेप्से १४.०५ अंकले घटेर २ हजार ५० दशमलब ७८ विन्दुमा बन्द भएको थियो ।
आज नेप्सेमा सामान्य अंकको वृद्धि भएसँगै कारोबार रकम पनि स्थिर रहेको छ । आज ३ अर्ब ४४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार ३ अर्ब ४९ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका ७४ कम्पनीको शेयरमूल्य बढेको छ भने १४७ कम्पनीको शेयरमूल्य घटेको छ, ४ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
आज ४ कम्पनीहरुको शेयरमुल्यमा सर्वाधिक वृद्धि भएको छ । नेप्सेमा तारा गाँउ रिजेन्सी होटल, ओरियन्टल होटल, कालिन्चोक दर्शन लिमिटेड र बिपिडब्लु लघुवित्तको शेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा बढी सिटिजन्स म्युचल फण्ड–१ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ८ प्रतिशत भन्दा बढिले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटलको भएको छ । यस कम्पनीको आज २९ करोड ६३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया