बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । बजारमा अधिक तरलता भइरहेको बेला नेपाल राष्ट्र बैंकले रिर्भस रिपो मार्फत सो बराबरको तरलता उठाउन लागेको हो ।
बिहिबार जारी हुने उक्त रिर्भस रिपो सात दिनको भुक्तानी अवधिको हो । उक्त रिपो न्यूनतम ब्याजदर बोलकबोल प्रक्रिया मार्फत बिक्री हुनेछ । सो प्रक्रियामा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सहभागी हुन सक्नेछन् ।
राष्ट्र बैंकले चालू आवमा यस भन्दा अघि १२ माघ २०७९ मा सात दिनको भुक्तानी अवधि भएको रु ५ अर्वको रिभर्स रिपोको वोलकवोल गरेको थियो। त्यतिवेला भारित औषत व्याजदर ४.३२९०% कायम भएको थियो। अन्तरबैक बजारमा भारित औषत व्याजदर नीतिगत दर (हाल वार्षिक ७%) को तुलनामा २% भन्दा बढीले माथि भएमा (अर्थात् ९% भन्दा बढी भएमा) रिपो र तल भएमा (अर्थात् ५% भन्दा कम भएमा) रिभर्स रिपो ल्याउने व्यवस्था राष्ट्र बैकले गरेको छ ।
राष्ट्र बैंकले बजारमा लगानीयोग्य रकम (तरलता) अभाव हुँदा रिपो मार्फत बजारमा रकम पठाउने गर्छ भने बैैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिउपछि रिर्भस रिपो मार्फत प्रशोचन गर्ने गर्छ ।
प्रतिक्रिया