अपि पावरलाई ४०% हकप्रद निष्काशन गर्न बोर्डले दियो अनुमति

अपि पावरलाई ४०% हकप्रद निष्काशन गर्न बोर्डले दियो अनुमति


बैंकिङ्ग समाचार, काठमाडौं ।
अपि पावर कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । गत चैत ६ गते हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन पेश गरेको कम्पनीले असार ६ गते बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँको ४० प्रतिशत अर्थात १० कित्ता बराबर नयाँ ४ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो । यस अनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

४० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब ७८ करोड ६५ लाखभन्दा बढी पुग्नेछ । 

कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।