नेप्सेले गर्यो नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य समायोजन

नेप्सेले गर्यो नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले यस दिन कम्पनीको ४.७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य ७४४ रुपैयाँ ६३ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिन अर्थात असार ६ गते, बुधबारको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । बुधबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ७८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

यही समायोजित मूल्यका आधारमा बिहिवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।