कामना सेवा विकास बैंकको १३ लाख ८५ हजार बढि कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

कामना सेवा विकास बैंकको १३ लाख ८५ हजार बढि कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधवार कामना सेवा विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंकको १३ लाख ८५ हजार ८७६.४६६७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

बैंकले बैशाख ३१ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ४ दशमलव ४१ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्सेमा सूचीकृत उक्त बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।