३ इन्स्योरेन्सको मर्जर पछि बनेको हिमालयन लाइफको शेयर सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

३ इन्स्योरेन्सको मर्जर पछि बनेको हिमालयन लाइफको शेयर सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन लाइफ इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । साविको यूनियन लाइफ,प्राइम लाइफ र गुराँस लाइफबीच मर्जर पछि बनेको हिमालयन लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

साविकको ३ वटा कम्पनीहरु एक आपसमा गाभिदा १ः१ः१ को अनुपातमा कायम हुन आएको ८ करोड २ लाख ३ हजार ८३७  दशमलव शून्य २ कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि ३४६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा भोलि बिहीबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

कम्पनीको शेयरलाई नेप्सेले एचएलआई (HLI) कारोबार संकेत प्रदान गरेको छ । त्यस्तै नेप्सले मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर कारोबार फुकुवा गरेको पनि जनाएको छ ।साविकको यूनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफको शेयर सूचीकरण खारेज भएर हिमालयन लाइफ इन्स्योरेन्सको नाममा कायम भएको जनाएको छ ।