बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज पनि घट्ने क्रम जारी रहेको छ । साताको कारोबारको चौथो दिन आज बुधवार नेप्से १४.०५ अंकले घटेर २ हजार ५० दशमलब ७८ विन्दुमा बन्द भएको छ । मंगलवार नेप्से २६.५६ अंकले घटेर २ हजार ६४ दशमलब ८३ विन्दुमा बन्द भएको थियो ।
आज नेप्सेमा दोहारो अंकको गिरावट भएसँगै कारोबार रकममा पनि उल्लेख्य कमि आएको छ । आज ३ अर्ब ४९ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार ४ अर्ब ११ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका ४५ कम्पनीको शेयरमूल्य बढेको छ भने १७८ कम्पनीको शेयरमूल्य घटेको छ, १ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
आज सिटि होटलको शेयरमुल्यमा सर्वाधिक वृद्धि भएको छ । यस कम्पनीको हेयरमुल्य ९.९७ प्रतिशतले बढेर २६१.४० रुपैयाँ पुगेको छ ।
आज सबैभन्दा बढी ग्रिन भेन्चर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढिले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज २२ करोड ४८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया