आइएमई लाइफले सातै प्रदेशका लागि माग्यो उच्च संख्यामा कर्मचारी, कहिलेसम्म आवेदन दिन सकिने ?

आइएमई लाइफले सातै प्रदेशका लागि माग्यो उच्च संख्यामा कर्मचारी, कहिलेसम्म आवेदन दिन सकिने ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई लाइफ इन्स्योरेन्सले आज एक सूचना प्रकाशित गर्दै रिक्त रहेका विभिन्न ७ पदहरुका लागि उच्च संख्यामा कर्मचारीहरु माग गरेको छ । कम्पनीले देशका सातै प्रदेशका लागि उक्त पदहरुमा रोजगारीको अवसर खुलाएको हो ।

आइएमई लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले चिफ मार्केटिङ अफिसरका लागि १ जना, हेड रिस्क डिपार्टमेन्टका लागि १ जना, सेमि क्वालिफाइड सिएका लागि केही, लिगल अफिसरमा १ जना, आईटी एक्सक्युटीभका लागि केही, डिजिटल मार्केटिङमा १ जना कर्मचारी र सातै प्रदेशमा ब्रान्च म्यानेजरहरुको माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले स्नातक तह देखि स्नाकोत्तर तह उर्तिण गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असार २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

इच्छुक उम्मेदवारले असार २० गतेसम्म कम्पनीको वेवसाइट https://imelifeinsurance.com/Careers.aspx मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

\"\"