नेपाल पुनर्बीमाको ५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल पुनर्बीमाको ५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज असार ६ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार ७ गते बिहीबार लाभांश प्रयोजनको लागि बुकक्लोज गर्ने भएकोले आजसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउने छन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।