अर्थ समितिले दियो नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया नरोक्न निर्देशन

अर्थ समितिले दियो नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया नरोक्न निर्देशन


बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थसमितिले नेपाल धितोपत्र बोर्डलाई हाल रोकिएको नयाँ स्टक ब्रोकर लाइसेन्स प्रदान प्रक्रिया नरोक्न निर्देशन दिएको छ । मंगलबार संसदको अर्थ समितिले लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि नयाँ धिताेपत्र ब्रोकर लाइसेन्सको प्रक्रिया अघि बढ्ने भएको हो ।

मंगलबार धितोपत्र बोर्डका पदाधिकारीहरुसँग भएको छलफलमा अर्थ समितिले लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन जारी गरेको हो । अर्थसमितिको चौतर्फी विरोध भए पछि अन्तत मापदण्ड पूरा गरेर आवेदन दिएका धितोपत्र दलाल कम्पनीलाई अनुमति पत्र (लाइसेन्स) दिन निर्देशन दिएको हो ।

यसअघि अर्थसमितिले गएको जेठ २९ गते नेपाल धितोपत्र बोर्डलाई पत्र मार्फत धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत प्रक्रिया अगाडी नबढाउन साथै यथास्थितिमा राख्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई भनेको थियो ।