आरएमडिसी र साना किसान विकास लघुवित्तलाई मर्जरको लासग सेबोनले दियो अन्तिम स्वीकृति

आरएमडिसी र साना किसान विकास लघुवित्तलाई मर्जरको लासग सेबोनले दियो अन्तिम स्वीकृति


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साना किसान विकास लघुवित्त  वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थालाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ ।

यी दुई कम्पनीले जेठ ३० गते गाभ्न/गाभिन वा प्राप्ति गर्न अन्तिम स्वीकृतिको लागि संयुक्तरूपमा बोर्डमा निवेदन दिएका थिए ।

नेपाल राष्ट्र बैंकले जेठ २४ गते यी दुई कम्पनीलाई एक आपसमा गाभिने अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । साना किसान र आरएमडीसी लघुवित्तले गत भदौ ३१ गते एक आपसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । यी दुई कम्पनीले १ः०.८७ शेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति गरेका हुन् । अर्थात् आरएमडिसी लघुवित्तको १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता शेयर पाउनेछन् ।

मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाका नामबाट एकीकृत कारोबार हुनेछ ।