हिमालयन बैंकका ग्राहकहरुलाई चितवनस्थित जंगल भिल्ला रिसोर्टमा १५% सम्मको छुट

हिमालयन बैंकका ग्राहकहरुलाई चितवनस्थित जंगल भिल्ला रिसोर्टमा १५% सम्मको छुट


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट प्रा. लि. बीच बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।

बैंक र जंगल भिल्ला रिसोर्ट बीच भएको सम्झौता अनुसार पटिहानी–२२, भरतपुर, चितवनमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा हिमालयन बैंक लिमिटेडका कार्डबाहक तथा अन्य ग्राहकहरुलाई १० देखि १५ प्रतिशत सम्मको छुट प्रदान गर्नेछ ।

हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकहरुले उक्त छुट प्राप्त गर्न बैंकको ग्राहकले बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।