समता घरेलु लघुवित्तले एफपीओ निष्कासन गर्न नियुक्त गर्यो मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धक

समता घरेलु लघुवित्तले एफपीओ निष्कासन गर्न नियुक्त गर्यो मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धक


बैंकिङ्ग समाचार, काठमाडौं ।
समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३२ लाख ८५ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ३२ हजार ८५६ कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको १४३औं बैठकको निर्णयले मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

कम्पनीले प्रबन्धपत्रमा भएको व्यवस्थाबमोजिम शेयर संरचना अनुपात संस्थापकको ७० र सर्वसाधारणको ३० कायम हुनेगरी गरी जारी हुन बाँकी शेयर ३ लाख ३२ हजार ८५६ कित्ता बराबरको एफपीओमार्फत निष्कासन गर्ने भएको छ ।