विकास बैंकहरुले १० महिनामा कमाए ४ अर्ब बढि नाफाः मुक्तिनाथ विकास बैंकले सर्वाधिक कमाउँदा ५ बैंक घाटामा

विकास बैंकहरुले १० महिनामा कमाए ४ अर्ब बढि नाफाः मुक्तिनाथ विकास बैंकले सर्वाधिक कमाउँदा ५ बैंक घाटामा


बैंकिङ्ग समाचार, काठमाडौं ।
विकास बैंकहरुले बैंशाख मसान्तसम्ममा ४ अर्ब २९ करोड खुद मुनाफा अर्जान गर्न सफल भएका छन् । नोपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले १० महिनाको अवधिमा उक्त मुनाफा आर्जन गर्न सफल भएका हुन् ।नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यस आर्थिक बर्षको वैशाखसम्मको अवधिमा विकास बैंकहरुले कुल ४ अर्ब २९ करोड खुद नाफा गरेका हुन् ।

जस मध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक ९५ करोड ७२ लाख खुद नाफा कमाएको छ । त्यस्तै गरिमा विकास बैंकले ६९ करोड खुद नाफा कमाउँदा शाइन रेसुंगाको खुद नाफा ६१ करोड ८३ लाख रहेको छ । त्यस्तै लुम्बिनी विकास बैंकले ४७ करोड ७७ लाख खुद कमाएको छ भने महालक्ष्मी विकास बैंकले ४५ करोड ५६ लाख खुद नाफा कमाएको छ ।

सबै भन्दा कम नाफा कमाउनेमा ग्रीन डेभलपमेन्ट बैंक रहेको छ। ग्रीन डेभलपमेन्ट बैंकले १ करोड १९ लाख खुद नाफा कमाएको छ । त्यस्तै कर्णाली डेभलपमेन्ट बैंकले १ करोड १ करोड २६ लाख तथा कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ६६ लाख खुद नफा कमाएको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सालपा विकास बैंक भने घाटामा रहेका छन् । जस मध्ये सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नोक्सानी सबैभन्दा धेरै २८ करोड ४५ लाख रहेको छ ।