ईङवा हाइड्रोपावरको आईपीओ सहित कुल ६० लाख कित्ता शेयर सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

ईङवा हाइड्रोपावरको आईपीओ सहित कुल ६० लाख कित्ता शेयर सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
पाल स्टक एक्सचेन्ज (नेप्से)मा ईङ्वा हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको छ । कम्पनीको कुल ६० लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब यो शेयर भोलि मंगलवारबाट धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । 

कम्पनीले सर्वसाधारण शेयरधनी,वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारीहरुलाई निष्कासन गरेको कुल १८ लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ४२ लाख गरी कुल ६० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. ९७ दशमलव २९ देखि २९१ दशमलव ८७ ओपनिङ्ग रेञ्ज तोकेको छ । यहि ओपनिङ्ग रेञ्जको आधारमा मंगलवार देखि कम्पनीको शेयर कारोबार हुनेछ । कम्पनीको स्टक सिम्बोल आईएचएल (IHL) रहेको छ ।