कामना सेवा विकास बैंक र ट्रानक्विलिटी स्पाबीच सम्झौता, मसाज तथा सलुन सेवामा विशेष छुट

कामना सेवा विकास बैंक र ट्रानक्विलिटी स्पाबीच सम्झौता, मसाज तथा सलुन सेवामा विशेष छुट


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंक र ट्रानक्विलिटी स्पा (Tranquility Spa) बीच मिति २०८० असार ३ गते आईतबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले ट्रानक्विलिटी स्पा (Tranquility Spa) का सम्पूर्ण आउटलेटहरुले प्रदान गर्ने Massage Therapy तथा Salon सेवाहरुमा २५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 

साथै, सदस्यता लिएका बैंकका ग्राहकहरुलाई स्पा ले प्रदान गर्ने सेवा सुविधाहरुमा ५०% सम्मको छुटको समेत व्यवस्था रहेकोे छ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकका सम्पूर्णहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको बताएकोछ ।