नेप्सेमा साताको पहिलो दिन उच्च अंकको वृद्धि, कारोबार रकम ५ अर्ब नजिक पुग्यो

नेप्सेमा साताको पहिलो दिन उच्च अंकको वृद्धि, कारोबार रकम ५ अर्ब नजिक पुग्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार ५२.२६ अंकले बढेर २ हजार ९४ दशमलब ३३ विन्दुमा बन्द भएको छ । बिहिवार नेप्से ५ अंकले बढेर २ हजार ४२ दशमलब ०७ विन्दुमा बन्द भएको थियो । 

आज नेप्सेमा सामान्य अंकको वृद्धि भएसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भई करिब ५ अर्ब नजिक पुगेको छ । आज चार अर्ब ८६ करोड ९१ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिवार ३ अर्ब १६ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १९० कम्पनीको शेयरमूल्य बढेको छ भने २८ कम्पनीको शेयरमूल्य घटेको छ, ४ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

आज ६ वटा कम्पनीहरुको शेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । अभियान नेपाल इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७६८.९० रुपैयाँ पुगेको छ भने प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५६६.५० रुपैयाँ पुगेको छ । त्यस्तै, ग्रिन भेञ्चर्स लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४८८.४०, सुपर मादी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५०६ रुपैयाँ, आत्मनिर्भर नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २३४३ रुपैयाँ र मेन्छियम हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २५५.२० रुपैयाँ पुगेको छ । 

आज शुभम् पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढिले घटेको छ । 

त्यस्तै, नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ३६ करोड ६४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।