नेशनल हाइड्रोपावरको ५०% हकप्रद शेयर पाउन आजसम्म शेयरधनी बन्नुपर्ने

नेशनल हाइड्रोपावरको ५०% हकप्रद शेयर पाउन आजसम्म शेयरधनी बन्नुपर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अर्थात जेठ ३२ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली असार १ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले १ बराबर शून्य ५ अनुपात अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न जेठ २२ गते स्वीकृती पाएको हो । यस अनुसार कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता शेयर निष्काशन गर्नेछ ।

कम्पनीको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।