नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याजदर ?

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याजदर ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । साथै, बैंकको रेमिट्यान्स खातामा भने ८.४० प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धार गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ । बैंकको आधार दर ९.८३ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ५.१४ प्रतिशत रहेको छ ।