दोभान हाइड्रोपावरले आईपीओ निष्कासन गर्न सानिमा क्यापिटललाई नियुक्त गर्यो विक्री प्रबन्धक

दोभान हाइड्रोपावरले आईपीओ निष्कासन गर्न सानिमा क्यापिटललाई नियुक्त गर्यो विक्री प्रबन्धक


बैंकिङ्ग समाचार, काठमाडौं ।
दोभान हाइड्रोपावर लिमिटेडले आईपीअ‍ो निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजी रू. ७६ करोडको ३० प्रतिशतले हुन आउने रकम बराबरको आईपीओ ल्याउन लागेको हो । कम्पनीले १०० अंकित दरका कुल २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । 

यो आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारी गरिरहेका नेपाली, सर्वसाधारण तथा कम्पनीमा कार्यरत कामदार र कर्मचारीलाई जारी गर्ने कम्पनीले जनाएको छ । 

आईपीओ निष्कासन गर्नका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई आईपीओ निष्कासन तथा विक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसे र हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक पुरन्जन राईले हस्ताक्षर गरेका छन् । 

कम्पनीले सोलुखुम्बुमा ५.२ मेगावाट क्षमताको जुनवेशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।