रिपब्लिक मिडिया पछि कान्तिपुर टेलिभिजन नेटवर्कको पनि आईपीओ निष्कासन अनुमतिका लागि सेबोनमा निवेदन

रिपब्लिक मिडिया पछि कान्तिपुर टेलिभिजन नेटवर्कको पनि आईपीओ निष्कासन अनुमतिका लागि सेबोनमा निवेदन


बैंकिङ्ग समाचार, काठमाडौं ।
कान्तिपुर टेलिभिजन नेटवर्कले आईपीओ निष्कासन गर्नका लागि अनुमति पाउन नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । नेपाल रिपब्लिक मिडियाले आईपीओ निष्कासन गरेसँगै अब अर्को मिडिया कम्पनीले पनि आइपीओ निष्काशन गर्न सेबोनमा निवेदन दिएको हो ।

कान्तिपुर टेलिभिजन नेटवर्कले ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा जेठ २८ गते सेबोनमा निवेदन दिएको हो ।

कम्पनीको विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।