कुमारी बैंकको २ लाख ६८ हजार बढी कित्ता संस्थापक शेयर विक्रीमा

कुमारी बैंकको २ लाख ६८ हजार बढी कित्ता संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको २ लाख ६८ हजार ९४९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले जेठ ३१ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सुचना जारी गरेको हो । 

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौं वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

यो शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने जानकारी दिदैं बैंकले मूल्य खुलाएको छैन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।