बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंक र देव्यानी इन्टरनेश्नल नेपाल बिच डिजिटल कारोबारलाई प्रर्वद्घन गर्न सनराइज बैंकका ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ ।
डिजिटल कारोबारलाई प्रर्बद्घन गर्ने उद्देश्य साथ सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न क्षेत्रमा छुुट प्रदान गर्दै आएको छ । सोही क्रममा बैंकले केएफसी, पिज्जा हट र क्रिम बेल (KFC, Pizza Hut/Cream bell) सँग सहकार्य गरी आफ्ना ग्राहकहरुलाई विशेष छुुट दिने व्यवस्था गरेको हो ।
यस सम्झौता अन्तर्गत सनराइज बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप 'Sunrise Smart+' बाट NEPALPAY QR Scan गरी देव्यानी इन्टरनेश्नल नेपालद्वारा सञ्चालित KFC, Pizza Hut/Cream bell का देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १०% (अधिकतम रु.२०० प्रति कारोबार) क्यासव्याक तुरुन्तै पाउनेछन् ।
यो योजना २१ असार २०८० सम्मका लागि लागु गरिएको बैंकले जनाएको छ ।
प्रतिक्रिया