नेप्से उच्च अंकले बढेर २ हजार बिन्दु माथि, कारोबार रकम पनि वृद्धि भई ४ अर्ब नाघ्यो

नेप्से उच्च अंकले बढेर २ हजार बिन्दु माथि, कारोबार रकम पनि वृद्धि भई ४ अर्ब नाघ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज उच्च अंकले वृद्धि भइ २ हजारको बिन्दु माथि पुगेको छ । साताको कारोबारको तेस्रो दिन आज मंगलवार नेप्से ३४.१७ अंकले बढेर २ हजार २० दशमलब ६४ विन्दुमा बन्द भएको हो । सोमवार नेप्से ७.७९ अंकले बढेर १ हजार ९ सय ८७ दशमलब ८७ विन्दुमा बन्द भएको थियो ।

आज नेप्सेमा उच्च अंकको वृद्धि भएसगैँ कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएर ४ अर्ब भन्दा माथि पुगेको छ । आज नेप्सेमा ४ अर्ब १२ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमवार २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १९६ कम्पनीको शेयरमूल्य बढेको छ भने २२ कम्पनीको शेयरमूल्य घटेको छ, ५ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

आज तिन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने भूगोल इनर्जी डेभलपमेन्ट र सिटी होटल्सको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज प्रभु स्मार्ट फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढिले घटेको छ । 

त्यस्तै, नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज २७ करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।