बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन रिइन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण आज जेठ ३० गते मंगलबार बल्ल सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार चैत मसान्तसम्म कम्पनीले २५ करोड ४४ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा यस अवधिमा कम्पनीले २९.५२ प्रतिशत खुद नाफा वद्धि गरेको हो ।
चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी ३० दशलमव २१ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ३२ करोड ९ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ४१ करोड ७९ लाख पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ७ अर्ब रहेको छ । कम्पनीले जगेडामा रू. ३८ करोड ५८ लाख र बीमा कोषमा रू. १३ करोड ६९ लाख सञ्चिती गरेको छ । त्यस्तै, कम्पनीको महाविपत्ती कोषमा रू. १ करोड ५० लाख रहेको छ । कम्पनीले चालू आवमा कुल रू. ३ अर्ब ५८ करोड बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवमा रू. ५२ करोड ५९ लाख थियो ।
प्रतिक्रिया