बैंकिङ्ग समाचार, काठमाडौं ।
असारमा वाणिज्य बैंकहरुले बर्जाको ब्याजदर घटाएर निक्षेपको ब्याजदर भने स्थीर राख्ने भएका छन् । मंगलबार बिहान बसेको बैंकर्स संघको बैठकले आगामी असार महिनाको लागि कर्जाको ब्याजदर घटाउने निर्णय गरेको हो । सो बैठकले निक्षेपमा दिँदै आएको ब्याजदर भने हालकै अवस्थाका कायम राख्ने निर्णय गरेको छ ।
हाल बैंकहरुले मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिइरहेका छन् । जेठमा पनि बैंकहरुले निक्षेपको ब्याजदर स्थीर राखेका थिए । असार महिनामा पनि बैंहरुले यही ब्याजदर कायम गर्ने भएका हुन् ।
गत चैतसम्म ११ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर बैशाखमा १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ प्रतिशतमा झारिउको थियो । हाल, संस्थागत निक्षेपकर्ताको ब्याज दर ७.९९ प्रतिशत छ भने बचतको ब्याज दर ५.४ देखि ७.४ प्रतिशत कायम भएको छ । कल डिपोजिटको ब्याज दर २.७ प्रतिशत छ ।
अहिले बैंकहरुको निक्षेप संकलन बढीरहेको अवस्थामा रहेको भएपनि कर्जा लगानी भने खासै बढ्न सकेको छैन यसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम मनग्यरुपमा थुप्रिदै गएको छ । यसर्थ पनि बैंकहरुले असारमा निक्षेपको ब्याजदर नघटाउने निर्णय गरेका छन् ।
असार महिनामा कर्जाको ब्याजदर भने घट्ने भएकोछ । नेपाल राष्ट्र बैंकले हरेक महिना कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरेपछि असारमा कर्जाको ब्याजदर घट्ने निश्चित भएको हो ।
प्रतिक्रिया