नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा असार १९ मा बस्दै, के एजेण्डा पारित हुने ?

नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा असार १९ मा बस्दै, के एजेण्डा पारित हुने ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
नारायणी डेभलपमेन्ट बैंकले असार १९ गते २१औं वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकको जेठ २९ गते बसेको संचालक समितिको निर्णयले सभा आउँदो असार १९ गते चितवनको सौराहास्थित होटेल मोनालिसामा आह्वान गरेको हो । उक्त सभा विहान ११ बजे सुरु हुनेछ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल असार मसान्तको वितीय विवरण, सोही मितिमा पेश भएको आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब विवरण, नगद प्रबाह विवरण, इक्वीटिमा भएको परिवर्तनको विवरण र सो सँग सम्बधित अनूसुचीहरु सहितको वित्तीय विवरणहरु पारित गर्नेछ ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्तिमा जान उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने सम्बन्धमा कम्पनीको आवश्यकताअनुसार तथा नियमनकारी निकायहरुबाट कुनै फेरबदल, सुझाव भएमा सोहीअनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिन सभाले स्वीकृति प्रदान गर्ने छ ।

बैंकले वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले असार १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असार ७ गते (असार ८ गते शुक्रबार र असार ९ गते शनिबार) सम्म कायम शेयरधनीहरु मात्रै बैंकको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन् ।