मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई सेफ्स बर्गरका नेपालभर रहेका शाखाहरुमा विशेष छुट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई थप सेवा दिन नेपालका विभिन्न स्थानहरुमा शाखाहरु रहेको “सेफ्स बर्गर प्रा.लि” (Chef's Burger Pvt. Ltd) सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । 

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले सेफ्स बर्गर प्रा. लि” (Chef's Burger Pvt. Ltd) का विभिन्न शाखाहरुमा फुड एण्ड बेभरेज (Food & Beverage) सेवामा विशेष १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।