आदर्श लघुवित्तको शेयर कारोबार असार १ बाट १५ दिनसम्म रोक्का हुने

आदर्श लघुवित्तको शेयर कारोबार असार १ बाट १५ दिनसम्म रोक्का हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर प्रयोजनका लागि शेयर कारोबार रोक्का हुने भएको छ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रयोजनका लागि शेयर कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई अनुरोध गरेको छ । कम्पनीले नेप्सेलाई पत्र पठाउँदै असार १ गतेदेखि १५ कार्य दिनसम्म शेयर कारोबार रोक्का गरिदिन अनुरोध गरेको हो । 

मर्जरसम्बन्धी निर्देशिकाबमोजिम मर्जरमा गएका कम्पनीको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ दिनसम्मका लागि शेयर कारोबार रोक्का राख्न पाइने व्यवस्था छ ।

डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गरी आउँदो असार १ गतेबाट एकीकृत कारोबार सुरु गर्दै छ । डिप्रोक्सले आदर्शलाई १ः१ शेयर स्वाप रेसियोमा गाभ्न लागेको हो । आदर्श लघुवित्तलाई गाभेपछि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

डिप्रोक्स लघुवित्तको फागुन ३० गते सम्पन्न भएको २१ औं वार्षिक साधारण सभाले आदर्श लघुवित्तलाई प्राप्त गर्न निर्णय गरेको थियो ।

\"\"