एभरेष्ट बैंकको १० वर्षे अवधिको ऋणपत्र परिपक्क, रकम फिर्ता गर्न सुरु

एभरेष्ट बैंकको १० वर्षे अवधिको ऋणपत्र परिपक्क, रकम फिर्ता गर्न सुरु


बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंकको १० वर्षे अवधिको ऋणपत्र परिपक्क भएको छ । बैंकले २०७० साल जेठ २८ मा जारी गरेको “८% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७९” नामको ऋणपत्र परिपक्क भएको हो ।

बैंकले प्रति ऋणपत्र रू. १ हजार मूल्यमा ४ लाख ६८ हजार ८४५ कित्ता ऋणपत्र जारी गरेको थियो । आज जेठ २८ गते परिपक्व भएसँगै कम्पनीले सो ऋणपत्रको रकम फिर्ता गर्न सुरु गर्न लागेको हो । 

यस ऋणपत्रकाधनीहरूले रकम भुक्तानीका लागि बैंक खाताको विवरण उपलब्ध गराईदिन बैंकले भनेको छ । सम्बन्धित ऋणपत्रधनीहरूले ऋणपत्रको सक्कल प्रमाणपत्र , ब्याज भुक्तानी पुर्जा, नेपाली नागरिकताको प्रमाणपत्र वा आधिकारिक परिचयपत्रको प्रतिलिपि सहित बैंक खाताको विवरण उपलब्ध गराउनुपर्नेछ ।

ऋणपत्र धनीहरूले बैंकको मुख्य कार्यालय, शेयर शाखा लाजिम्पाट, काठमाडौं र बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क राख्न सक्ने जानकारी बैंकले दिएको छ । स्वयं ऋणपत्र धनी उपस्थित हुन नसक्ने अवस्थामा ऋणपत्रधनीले रितपूर्वकको मञ्जुरीनामा साथै मञ्जुरीनामा प्राप्त गर्ने व्यक्तिको परिचयपत्रको प्रतिलिपी समेत अनिवार्य रुपमा पेश गर्नुपर्ने भनाई बैंकको छ ।