बैंकिङ्ग समाचार, काठमाडौं ।
रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । संस्थाको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
अघिल्लो वर्ष भने कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो ।
प्रतिक्रिया