गरिमा विकास बैंकले विक्रीमा ल्यायो ३ लाख ८२ हजार बढी कित्ता संस्थापक शेयर

गरिमा विकास बैंकले विक्रीमा ल्यायो ३ लाख ८२ हजार बढी कित्ता संस्थापक शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
गरिमा विकास बैंकले ३ लाख ८२ हजार ८९२ दशमलव ७७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।

उल्लेखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र (असार ३० ) गतेसम्म बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । शेयरको मूल्य उल्लेख नगरिएकाले खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले के कति कित्ता कति मूल्यमा खरीद गर्ने सो समेत खुलाई आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री प्रक्रिया अघि बढाईने जानकारी समेत कम्पनीले दिएको छ ।