पछिल्लो १० महिनामा मूल्यवृद्धिले नाघ्यो पुर्वनिर्धारित सिमा, करिब साढे ७% मूल्यवृद्धि

पछिल्लो १० महिनामा मूल्यवृद्धिले नाघ्यो पुर्वनिर्धारित सिमा, करिब साढे ७% मूल्यवृद्धि


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा मूल्यवृद्धिले पुर्वनिर्धारित वाञ्छित सीमा नाघेको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेको भएपनि नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार १० महिना अवधिमा ७ दशमलव ४१ प्रतिशत पुगेको हो ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७ दशमलव ४१ प्रतिशत रहेको छ ।